डिपोर्ट गर्न बेलायतमा पक्राउ गरिएका नेपाली रिहा
काठमाडौं । नेपाल डिपोर्ट गर्न बेलायतको अध्यागमन कार्यालयले पक्राउ गरेका १० नेपालीलाई हिरासतमुक्त गरेको छ । बेलायत बस्ने कानुनी आधार हुँदाहुँदै पनि उनीहरूलाई पक्राउ गरेर नेपाल पठाउने तयारी थियो । नेपाली दूतावासको कूटनीतिक प्रयासपछि बेलायत प्रहरीले उनीहरूलाई बिहीबार रिहा गरेको हो ।
अफगानिस्तानमा तालिबानको शासन सुरु भएसँगै काबुलस्थित बेलायती दूतावासको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मी लन्डन फर्काएको बेलायतले उनीहरूलाई नेपालतर्फ डिपोर्ट गर्न लागेको थियो । ‘उहाँहरू सबै रिहा हुनुभएको छ,’ लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनालले नयाँ पत्रिकासँग भनिन्, ‘गृह प्रशासनले हामीलाई विस्तृतमा केही भनेको छैन । तर, पक्राउ परेका सबैजनासँग बेलायत बस्ने कानुनी कागजात भएको हुनाले फेरि यस्तो कार्य हुनेछैन भन्नेमा हामी विश्वस्त छौँ ।’
बेलायती दूतावास हटेसँगै काबुलबाट उनीहरूलाई कूटनीतिक अधिकारीसँगै हवाई माध्यमबाट उद्धार गरेर लन्डन लगिएको थियो । र त्यहीँ काम गरिरहेका १० जना नेपाली सुरक्षा गार्डलाई हिरासतमा राखेर नेपाल फर्काउन लागिएको थियो । यो समाचार बेलायतको समाचारपत्र द गार्जियनले छापेपछि लन्डनस्थित नेपाली राजदूतावासले बेलायतसँग यसबारे जानकारी मागेको थियो ।
उनीहरूसँग आइएलआर (बेलायतमा उनीहरूले चाहेसम्म बस्न, नोकरी गर्न र बेलायती नागरिकताका लागि आवेदन गर्न सक्नेसम्मको हैसियतको डकुमेन्ट) रहे पनि डिपोर्ट गर्न लागिएकोमा उनीहरू आश्चर्यमा परेका थिए । गार्जियनका अनुसार बेलायतबाट दुईजना भारतीय र १० जना नेपाली सुरक्षाकर्मीलाई डिपोर्ट गर्न लागिएको थियो । उनीहरू २७ मार्चदेखि बेलायती अध्यागमनको हिरासतमा थिए । उनीहरूलाई ११ अप्रिलदेखि बेलायतबाट नेपाल पठाउने तयारी थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया