फिफा वरीयतामा सुधारियो नेपालको अवस्था
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपालको अवस्था सुधार भएको छ ।
यसअघि फिफाको वरीयतामा नेपाल १७५ औं स्थानमा थियो । तर बिहीबार सार्वजनिक वरीयतामा एक स्थान सुधार गर्दै नेपाल १७४ औं स्थानमा उक्लिएको हो ।
दक्षिण एसियातर्फ नेपाल तेस्रो पोजिसनमा छ । भारत पहिलो र माल्दिभ्स दोस्रो स्थानमा छन् । भुटान १८५ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९५ औं र श्रीलंका २०७ औं स्थानमा छन् । ।
वरीयताको शीर्ष स्थानमा यस पटक अर्जेन्टिना उक्लिएको छ । यसअघि अर्जेन्टिना दोस्रो स्थानमा थियो । त्यसैगरी फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र बेल्जियम चौथो स्थानमा छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया