फिफा वरीयतामा सुधारियो नेपालको अवस्था

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपालको अवस्था सुधार भएको छ ।
यसअघि फिफाको वरीयतामा नेपाल १७५ औं स्थानमा थियो । तर बिहीबार सार्वजनिक वरीयतामा एक स्थान सुधार गर्दै नेपाल १७४ औं स्थानमा उक्लिएको हो ।
दक्षिण एसियातर्फ नेपाल तेस्रो पोजिसनमा छ । भारत पहिलो र माल्दिभ्स दोस्रो स्थानमा छन् । भुटान १८५ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९५ औं र श्रीलंका २०७ औं स्थानमा छन् । ।
वरीयताको शीर्ष स्थानमा यस पटक अर्जेन्टिना उक्लिएको छ । यसअघि अर्जेन्टिना दोस्रो स्थानमा थियो । त्यसैगरी फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र बेल्जियम चौथो स्थानमा छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया