NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुने भएका छन् ।

आयोजकका अनुसार, आज मनाङ मस्र्याङ्दी क्लब र फ्रेन्ड्स क्लब तथा एफसी खुमलटार र जावलाखेल युथ क्लबबीच दुई खेल हुँदैछन् ।

मनाङ मर्स्याङदी क्लब र फ्रेन्ड्स क्लबको खेल च्यासल मैदान र एफसी–जावलाखेलको खेल एन्फा कम्प्लेक्समा हुने तय छ । दुवै खेल दिउँसो २ बजे सुरु हुनेछ ।

५ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको मनाङ र १२ औं स्थानमा रहेको फ्रेन्ड्स दुवै आज जितको खोजीमा हुनेछन् ।

त्यसैगरी, खुमलटार तेस्रो जितको खोजीमा हुनेछ भने जावलाखेल पाँचौं जितको दाउमा छ ।