NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सलमान र शाहरुखलाई लिएर भारतीय इतिहासकै ठूलो फिल्म बन्ने

एजेन्सी । पछिल्लो समय प्रदर्शनमा आएको बलिउड चलचित्र ‘पठान’को उत्कृष्ट सफलतापछि यशराज फिल्म्सले अब सलमान खान र शाहरुख खानलाई एकसाथ ल्याउने भएको छ ।

यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन् । भारतको इतिहासमा यो सबैभन्दा ठूलो फिल्म हुने यशराज फिल्म्सले दाबी गरेको छ । यो फिल्म यशराज स्पाई युनिभर्सको पनि हिस्सा हुनेछ । निर्देशनका लागि यशराज फिल्मसका मालिक आदित्य चोपडा आफैंले सिद्धार्थलाई रोजेका हुन् ।

फिल्मको छायांकन जनवरी २०२४ बाट सुरु हुने जनाइएको छ ।

सलमान र शाहरुख लामो समयपछि फिल्ममा एकसाथ काम गर्न लागेका हुन् ।  शाहरुख र सलमान पहिलो पटक सन् १९९५ मा फिल्म करण अर्जुनमा देखिएका थिए । त्यो समयमा फिल्म निकै हिट साबित भयो । त्यसपछि दुवैले ‘हम तुम्हारे हैं सनम’ मा सँगै काम गरेका थिए । ‘कुछ कुछ होता है’ मा सलमान अतिथि भूमिकामा थिए जसलाई दर्शकले राम्रोसँग रुचाए ।

त्यसपछि सलमानले शाहरुख खानको २०१८ मा रिलिज भएको फिल्म जीरोमा पनि केमियो गरे । हालै रिलिज भएको फिल्म पठानमा पनि सलमानको दमदार क्यामियो देखिएको थियो । अहिले यशराज फिल्म्सले यी दुईलाई पूर्ण फिल्ममा सँगै ल्याउने प्रयास गरिरहेको हो ।

अब यशराजको स्पाइ युनिभर्स अन्तर्गत बन्ने सबै फिल्महरू जासुसी पृष्ठभूमिमा आधारित हुनेछन्। यसबाट बनेको पहिलो फिल्म ‘एक था टाइगर’ थियो।

पठान यशराज फिल्म्सको स्पाइ युनिभर्स अन्तर्गतको चौथो फिल्म हो। यसअघि टाइगर जिन्दा है, एक था टाइगर र वार यस स्पाई ब्रह्माण्डको हिस्सा भइसकेका छन्।

ताजा अपडेट

नेपालवाच विशेष