महामारी बन्दै नसर्ने रोग
काठमाडौं । नेपालमा नसर्ने रोग महामारी बन्दै गएको सरोकारवालाहरूले बताएका छन् ।
नेपाल एनसिडी अलाइन्स र स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त आयोजना भएको नसर्ने रोग सम्बन्धी मिडियाको भूमिका कार्यक्रममा नेपाल एनसिडी अलाइन्सका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले नसर्ने रोग महामारीको रुपमा बढ्दै गएको बताउँदै यसकाे रोकथाम तथा नियन्त्रणका लागि पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा एनसिडी अलाइन्सका उपाध्यक्ष डा अभिनभ वैद्यले नसर्ने रोगको भार बढी रहेको औल्याउँदै यसकाे लागि लगानी कम भएको उल्लेख गरे । उनका अनुसार अस्वस्थकर जीवनशैली, खानपान, र मोटोपनाका कारण नसर्ने रोग बढ्दै गएको हो ।
उनले नेपालमा सबैभन्दा बढी अर्थात सय जनामा १२ जनालाई दम रोग देखिएको कार्यक्रममा जानकारी दिए । कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारहरुले नसर्ने रोगलाई प्राथमिकतामा राखि कलम चलाउनुपर्ने बताए । त्यस्तै, स्वास्थ्य पत्रकार मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले अझै स्वास्थ्यको जानकारी लिन सञ्चारमाध्यमलाई मुख्य स्रोत बनाउने गरेको बताए । उनले नसर्ने रोग न्युनिकरण गर्नु अहिलेको आवश्यकता भएको र यसमा सचेतनाको जरुरी भएको कार्यक्रममा बताएका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया