राजनीति सौदाबाजीमा रविको राहदानी मुद्दा रोकेको आरोप निराधार : महान्यायाधिवक्ता पोखरेल
काठमाडौं । राहदानी प्रकरणमा रास्वपाका सभापति रवि लामेछानेमाथि मुद्दा नचालउनुको कारणबारे प्रधानमन्त्रीका कानुनी सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुख खाेलेका छन् ।
सरकारको सय दिन पुरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा आफूले कुनै राजनीतिक सौदाबाजी र दबाबमा मुद्दा नचलाउने उनले निर्णय नगरेको दाबी गरेका छन् । रविको मुद्दाबारे थप व्याख्या गदै महान्यायाधिवक्ता पोखरेलले नियमित प्रक्रिया अन्तर्गत नै सो निर्णय लिएको जिकिर गरेका छन् ।
‘रविको राहदानीसम्बन्धी मुद्दा कुनै राजनीतिक सौदाबाजी र दबाबमा टुंगिएको हैन् । यो मुद्दा नियमित प्रक्रियाबाट टुंगाइएको हो । यसलाई राजनीतिककरण गर्न खोजियो’, उनले भने ।
रविविरूद्ध गृहमन्त्रालयलमा परेको उजुरी उपर प्रहरीले गरेको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा बुझाइएको थियो । उक्त फाइलबारे रविलाई मुद्दा चलाउनु पर्ने मनासिप कारण नदिखिएको राय सरकारी वकिलले महान्यायाधिवक्तालाई दिएका थिए । सोहि रायका आधारमा चैत ६ गते महान्यायाधिवक्ता पोखरेलले रविमाथि मुद्दा नचलाउने निर्णय गरेका थिए ।
महान्यायाधिवक्ताकाे सोही निर्णयकोविरुद्ध युवराज पौडेलले चैत १९ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि पोखरेलले आफ्नो निर्णयको बचाउ गरेका हुन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया