उत्तर कोरियाले फेरि गर्यो पानीमुनि ड्रोनको परीक्षण
काठमाडौं । उत्तर कोरियाले फेरि पानीमुनि परमाणु ड्रोन परीक्षण गरेको छ ।
समाचार एजेन्सी एएफपीले उत्तर कोरियाको आधिकारिक मिडियालाई उद्धृत गर्दै यस्तो परीक्षण गरिएको जनाएको छ ।
करिब पन्ध्र दिनअघि उत्तर कोरियाले पानीमुनि परमाणु ड्रोन परीक्षण गरेको दाबी गरेको थियो ।
उत्तर कोरियाको आधिकारिक मिडियाले आणविक युद्ध हेडले सुसज्जित यो ड्रोनले शत्रुलाई नष्ट गर्ने दाबी गर्दै आएको छ ।
उत्तर कोरियाका आलोचकहरूले उसले लगातार आफ्नो आणविक हतियारको क्षमता बढाएको आरोप लगाउँदै आएका छन् ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया