महिलाको हिजाब निगरानी गर्न इरानको सार्वजनिक स्थानमा क्यामेरा जडान

काठमाडौं । इरानमा हिजाब लगाउने महिलामाथि निगरानी गर्न सार्वजनिक स्थानमा क्यामेरा जडान गरिएको छ ।
इरानमा महिलाले हिजाब लगाउनुपर्ने कानून छ । यस्तो कानूनलाई लिएर त्यहाँभित्र विरोधका स्वर बढिरहेका बेला यस्तो कदम चालिएको हो ।
इरानी प्रहरीले यसबारे सार्वजनिक गर्दै जुन महिलाले कपाल छोप्दैनन् उनीहरूलाई म्यासेजमार्फत चेतावनी दिइने जनाएको छ ।
यस्तो कदमले ‘हिजाब कानूनविरुद्धको विरोध’ रोक्न मद्दत गर्ने प्रहरीको भनाइ छ ।
गत वर्ष हिजाब नलगाएको आरोपमा पक्राउ परेकी महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि देशैभर हिजाबविरुद्ध विरोध प्रदर्शन हुँदै आएको छ । जसको प्रभाव अन्य देशहरूमा पनि परेको छ ।
सन् १९७९ मा सम्पन्न इरानी क्रान्तिपछि देशमा धार्मिक कानूनलाई कडाइका साथ लागू गरिएको छ । यसअन्तर्गत महिलाहरूले हिजाब लगाउन अनिवार्य गर्दै उल्लंघन गरिएको अवस्थामा जरिवानालगायत अन्य सजाय हुने व्यवस्था छ ।
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया