महिलाको हिजाब निगरानी गर्न इरानको सार्वजनिक स्थानमा क्यामेरा जडान
काठमाडौं । इरानमा हिजाब लगाउने महिलामाथि निगरानी गर्न सार्वजनिक स्थानमा क्यामेरा जडान गरिएको छ ।
इरानमा महिलाले हिजाब लगाउनुपर्ने कानून छ । यस्तो कानूनलाई लिएर त्यहाँभित्र विरोधका स्वर बढिरहेका बेला यस्तो कदम चालिएको हो ।
इरानी प्रहरीले यसबारे सार्वजनिक गर्दै जुन महिलाले कपाल छोप्दैनन् उनीहरूलाई म्यासेजमार्फत चेतावनी दिइने जनाएको छ ।
यस्तो कदमले ‘हिजाब कानूनविरुद्धको विरोध’ रोक्न मद्दत गर्ने प्रहरीको भनाइ छ ।
गत वर्ष हिजाब नलगाएको आरोपमा पक्राउ परेकी महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि देशैभर हिजाबविरुद्ध विरोध प्रदर्शन हुँदै आएको छ । जसको प्रभाव अन्य देशहरूमा पनि परेको छ ।
सन् १९७९ मा सम्पन्न इरानी क्रान्तिपछि देशमा धार्मिक कानूनलाई कडाइका साथ लागू गरिएको छ । यसअन्तर्गत महिलाहरूले हिजाब लगाउन अनिवार्य गर्दै उल्लंघन गरिएको अवस्थामा जरिवानालगायत अन्य सजाय हुने व्यवस्था छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया