दुई करोड घुस मागेपछि रास्वपाका सांसद श्रेष्ठ पार्टीबाट निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई दुई करोड रूपैयाँ घुस माग गरेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निलम्बित गरिएको छ ।
कपुरबोट मिडियाले सार्वजनिक गरेको उक्त अडियोमा श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेका छन् ।
उक्त अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिने भन्दै पैसा माग गरेका छन् । जवाफमा प्रसाईंले आफूले उक्त रकम दिने ग्यारेन्टी भएको बताएका छन् ।
रकम पाएवापत सांसद तोसिमा कार्कीले डा गोबिन्द केसीको अभियानलाई निरन्तरता नदिनेसमेत पक्कापक्की गरिएको छ । यसको पक्कापक्की सांसद तोसिमाले नभएर श्रेष्ठ आफैंले गरेका छन् ।
तोसिमाले सुरुवातदेखि नै डा केसीको सत्याग्रहमा साथ दिँदै आएकी छिन् ।
रास्वपा सांसद श्रेष्ठ र प्रसाईंबीचको घुस लेनदेनको अडियोमा के छ ?
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया