दुई करोड घुस मागेपछि रास्वपाका सांसद श्रेष्ठ पार्टीबाट निलम्बित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई दुई करोड रूपैयाँ घुस माग गरेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निलम्बित गरिएको छ ।
कपुरबोट मिडियाले सार्वजनिक गरेको उक्त अडियोमा श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेका छन् ।
उक्त अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिने भन्दै पैसा माग गरेका छन् । जवाफमा प्रसाईंले आफूले उक्त रकम दिने ग्यारेन्टी भएको बताएका छन् ।
रकम पाएवापत सांसद तोसिमा कार्कीले डा गोबिन्द केसीको अभियानलाई निरन्तरता नदिनेसमेत पक्कापक्की गरिएको छ । यसको पक्कापक्की सांसद तोसिमाले नभएर श्रेष्ठ आफैंले गरेका छन् ।
तोसिमाले सुरुवातदेखि नै डा केसीको सत्याग्रहमा साथ दिँदै आएकी छिन् ।
रास्वपा सांसद श्रेष्ठ र प्रसाईंबीचको घुस लेनदेनको अडियोमा के छ ?
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया