NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

दुई करोड अडियो प्रकरणमा मुछिएका रास्वपाका सांसदमाथि छानविन हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले २ करोड अडियो प्रकरण मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठबारे छानविन हुने बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएपछि मन्त्री श्रेष्ठले अनुसन्धान हुने बताएका हुन् ।

‘दुई करोडको कुरा आएको छ । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ’, सोमबार चितवनमा सञ्चारकर्मीसँग उनले भने ।

रास्वपाबाट समानुपातिक सांसद रहेका श्रेष्ठले मन्त्री हुनुअघि सभापति रवि लामिछानेका कोर टिमलाई दुई करोड बुझाउने पर्ने बाध्यता देखाउँदै प्रसाईंसँग रकम मागेका थिए ।

उक्त अडियो उपचुनावको मुखमै सार्वजनिक भएपछि चौतर्फी रूपमा आलोचना भएको छ । यस विषयमा रविले ७२ घण्टाभित्र दोषी उपर कारवाही गर्ने प्रष्टिकरण दिइसकेका छन् ।