भरतपुर अस्पतालमा सेवा विस्तार
चितवन । चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७ औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो ।
अस्पतालमा पिआइसियु, सिसियु र बर्न युनिट थप गरिँदै छ भने आइसियु र एनआइसियु सेवा विस्तार गरिँदै छ । अक्सिजन प्लान्ट थप गरिएको छ । अक्सिजन प्लान्टबाहेकका सेवा नयाँ वर्षसँगै सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
जन्मेको २८ दिनपछि १४ वर्षसम्मका बालबालिकालाई सघन उपचार आवश्यक परेमा राख्नका लागि अस्पतालमा पिआइसियुको अभाव रहँदै आएकामा आठ शय्याको यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो । नवजात शिशुलाई एनआइसियु र १४ वर्षमाथिकालाई आइसियुमा राखेर उपचार गर्ने गरिन्छ ।
यसैगरी आगोले पोलेका बिरामीका लागि पहिलो पटक बर्न युनिट सञ्चालनमा ल्याउन लागिएको छ । तीन शय्याको वर्न युनिट सञ्चालनमा ल्याउन लागिएको हो । यस्तै २० शय्या सञ्चालन हुँदै आएको आइसियुलाई १० शय्या थप गरी ३० पु-याइँदै छ । अस्पतालमा एनआरएनएको सहयोगमा अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएको छ ।
यसअघि अस्पतालमा दुई अक्सिजन प्लान्ट सञ्चालनमा छन् । भरतपुर अस्पताल संघीय अस्पताल हो । यहाँ कम जनशक्ति र उपकरणका कारण बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया