फ्रान्समा भवन भत्किँदा दुई जनाको मृत्यु, अन्यको खोजी जारी
फ्रान्स । फ्रान्सको मार्सेलीमा आइतबार ठूलो विस्फोटपछि भत्किएको भवनको भग्नावशेषमा दुई जनाको मृत शरीर भग्नावशेषबाट निकालिएको उद्धार कार्यमा सम्लग्न अधिकारीले बताएका छन् ।
भूमध्यसागरीय बन्दरगाह शहर, मार्सेलीमा रहेको चारतले भवन भत्किएको करिब २४ घण्टापछि ती शव फेला परेका हुन् । आपतकालिन कामदारहरूले क्रेन र बत्तीको सहायताले आइतबार रातिसम्म पनि उद्धार कार्य जारी राखेका थिए । तर भग्नावशेषमुनि लगातार आगो लाग्दा उनीहरूको काममा बाधा पुगेको थियो ।
घटनापछि प्रतिक्रिया दिँदै स्थानीय अभियोजक डोमिनिक लरेन्सले आठ जनाले फोन कलको जवाफ नदिएको बताएका थिए । स्थानीय समयअनुसार आइतबार राति १२ः४० बजे भएको विस्फोटमा परी छिमेकी भवनका पाँच जना सामान्य घाइते भएका छन् ।
मार्सेलीका मेयर बेनोइट पायनले एक विज्ञप्ति जारी गर्दै भने, ‘आइतबार राति गम्भीर पीडा र दुःखले सकिएको छ । ‘शहरका सबै सेवाहरू, साथै राज्य, यस क्षणमा पनि खोजी जारी राख्न पूर्ण रूपमा प्रतिबद्ध छन्,’ उनले थपे । विस्फोटको कारण पत्ता लाग्न बाँकी छ, तर अनुसन्धानकर्ताहरूले यो ग्यास चुहावटको परिणाम भएको हुन सक्ने बताएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया