‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शत प्रतिशत पुर्याउने टेलिकमको तयारी

काठमाडाैं । नेपाल टेलिकमले ‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शत प्रतिशत पु-याउने तयारी गरेको छ । उक्त सेवा अब १४ स्थानीय तहमा पु-याउन बाँकी रहेको प्रवक्ता शोभन अधिकारीले बताए ।
‘सतहत्तर जिल्लाका सात सय ३९ स्थानीय तहमा विस्तार भएको छ । अति विकट क्षेत्रका १४ स्थानीय तहमा उक्त सेवा पु-याउन बाँकी छ । जसको सम्भाव्यता अध्ययन गरी कार्यान्वयनको काम अघि बढेको छ,’ उनले भने । फोरजी सेवा हाल ९९ प्रतिशत सम्पन्न भएको र बाँकी जिल्लामा योजना कार्य पूरा गरी कार्यान्वयनको क्रममा रहेको प्रवक्ता अधिकारीले बताए ।
मुलुकका सुगमदेखि दुर्गम र विकट स्थानमा एउटै मूल्यमा दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा फोरजी विस्तारको कार्य अघि बढाएको थियो । मोबाइल सेवामा अत्याधुनिक प्रविधि र अतिरिक्त सुविधासहित फोरजी सेवाका लागि आवश्यक परियोजना सुरु गरेको हो । टेलिकमले पहिलो पटक काठमाडौँ र पोखरामा विसं २०७३ पुस १७ देखि फोरजी सेवा सुरु भएको थियो ।
ग्राहकलाई डिजिटल फ्रेमवर्कमा जोड्नका लागि आगामी वर्षमा बाँकी स्थानीय तहमा फोरजी सेवा र अप्टिकल फाइबर पु¥याउने काम प्राथमिकताका साथ अगाडि बढाउने प्रवक्ता अधिकारीले बताए । देशैभर टेलिकमले विस्तार गर्ने फोरजीको नेटवर्क पाँचौँ पुस्ताको अत्याधुनिक फाइभजी सेवा विस्तार गर्नका लागि पूर्वाधारका रूपमा उपयुक्त हुने टेलिकमले जनाएको छ ।
यस वर्ष टेलिकमले वाइम्याक्सका ग्राहकलाई फोरजी सेवामा स्थानान्तरण गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष फोरजी ग्राहकको सङ्ख्या उल्लेखनीय रहेको प्रवक्ता अधिकारीले जानकारी दिए । ‘अघिल्लो वर्षको तथ्याङ्कसँग तुलना गर्दा ग्राहकको सङ्ख्या बढ्दो क्रममा रहेको छ । थप नयाँ सेवा जोड्दै यसलाइै अझ प्रभावकारी बनाउँछौँ,’ उनले भने । टेलिकमका अनुसार माघ मसान्तसम्म प्रकाशन गरिएको तथ्याङ्कअनुसार दुई करोड ११ लाख ४१ हजार टेलिकमका ग्राहक रहेका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया