NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

दोल्ती पावरको आजदेखि आइपीओ निष्कासन

काठमाडौं ।  दोल्ती पावर कम्पनीले आज (चैत २८) गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ। कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेक हो ।

जसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको छ । यसमध्ये ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।  १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेका १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त सेयरमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल मार्केट रहेको छ ।