NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

रोजगारीमा गएकालाई साउदी सरकारको ‘सरप्राइज’

काठमाडौं । साउदी अरेबिया सरकारले रोजगारीमा रहेका श्रमिकलाई इदको अवसरमा सरप्राइज बिदा दिने घोषणा गरेको छ ।

साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालयले सोमबार औपचारिक रूपमा इदको अवसरमा कामदार, मजदुरहरू४ दिन लामो बिदा दिने घोषणा गरेको हो ।

मन्त्रालयले आफ्नो आधिकारिक ट्विटरमार्फत निजी तथा गैरनाफामूलक क्षेत्रमा काम गर्नेहरूले ईदको अवसरमा चार दिन अतिरिक्त बिदाको आनन्द लिन सक्ने जनाएको छ । यी बिदा २० अप्रिलमा निश्चित कार्य घण्टा समाप्त भएपछि सुरु हुनेछ । अर्थात् शुक्रबार–शनिबार उपलब्ध हुने सप्ताहन्त बिदाबाहेक कर्मचारीले लामो बिदाको फाइदा लिन सक्नेछन् ।

यस वर्षको रमजान मार्च २३ मा सुरु भएको थियो । त्यसको करिब एक महिनापछि अन्तिम दिन इद–उल–फित्र मनाइन्छ ।