NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

औषधी सेवन गर्दा खानै हुन्न यी खानेकुरा

एजेन्सी । स्वस्थ रहन राम्रो जीवनशैली अपनाउनुपर्छ । योग र व्यायामसँगै पौष्टिक खानाको सेवनले पनि मानिस स्वस्थ रहन्छ । तर मौसमी रोग, संक्रमण, खानपान र खराब जीवनशैलीका कारण धेरै प्रकारका रोग लाग्ने पनि गर्छन् ।

जसले गर्दा व्यक्ति चिकित्सको परामर्शमा औषधी खान बध्य हुन्छ । औषधी खाँदा कहिलेकाही हामी साना साना गल्ती गर्छौं जसले औषधीकाे प्रभाव उल्टो पर्छ । त्यसैले औषधी सेवन गर्दा केही सावधानी अपनाउनु अत्यावश्यक छ । जसले हाम्रो शरीरमा औषधीकाे गलत ‘साइड इफेक्ट’ पर्न सक्दैन् ।

एनर्जी ड्रिक्स

कुनै पनि औषधि खाँदा एनर्जी ड्रिंक्स पिउनु हुँदैन । यसले औषधिको प्रभाव शरीरमा गलत तरिकाले पार्न सक्छ । एनर्जी ड्रिंक्ससँगै औषधि सेवन गर्दा शरीरमा प्रतिकूल असर पर्न गई औषधि पग्लिन पनि धेरै समय लाग्छ।

धुम्रपान

धुम्रपान शरीरको लागि हानिकारक छ। हामीले बारबार यही कुरा सुन्दै आएका पनि छौं तर पनि यसको सेवन भने त्याग्न सकेका छैन् । औषधिसँगै मदिरा वा कुनै पनि नशालु पदार्थ सेवन गर्दा यसले शरीरमा नराम्रो असर मात्रै गर्दैन कलेजोमा पनि धेरै नोक्सान पुर्याउँछ । रक्सीको साथमा औषधि सेवन गर्दा कलेजोमा विभिन्न रोग लाग्ने जोखिम उच्च हुन्छ ।

दूध

अक्सर मानिसहरु दुधसँग औषधि सेवन गर्छन्। दूध स्वास्थ्यका लागि फाइदाजनक भए पनि यसले केही एन्टिबायोटिकको प्रभावलाई पनि कम गर्न सक्छ । दूधमा क्याल्सियम, म्याग्नेसियम, मिनरल्स र प्रोटिन पाइन्छ, जसलाई औषधिसँग मिसाउँदा औषधिको प्रभाव कम हुन्छ। चिकित्सकहरुका अनुसार एन्टिबायोटिकको साथमा दूध वा दुग्धजन्य पदार्थको सेवन गर्नु हुँदैन ।

हरियो सागसब्जी

बिरामीलाई पोषण दिन हरियो सागसब्जीको सेवन गर्न सल्लाह दिइन्छ । तर, सागपातसँगै औषधि खाँदा भने औषधीको प्रभावमा बाधा पुग्छ । त्यसैले औषधिसँगै सागसब्जी पनि खानुहुँदैन ।