NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पहिलो लेगमा मिलानसँग हार्यो नापोली

काठमाडौं । एसी मिलानसँग नापोली पराजित भएको छ । च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको गएराति सम्पन्न पहिलो लेगमा इटालियन क्लब मिलानले सिरी ए प्रतिद्वन्दी नापोलीलाई १–० गोलान्तरमा पराजित गरेको हो ।

मिलानको यो जितमा इस्माइल बेनेसरले निर्णायक गोल गरे । उनले खेलको ४० औं मिनेटमा राफायल लियोको पास सदुपयोग गर्दै गोल गरेका हुन् ।

निकै रोमाञ्चक खेलको ७४ औं मिनेटमा नापोली १० औं खेलाडीमा खुम्चिएको थियो । आन्द्रे फ्रान्क जाम्बोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि नापोली १०  खेलाडीमा सीमित बनेको हो ।

यी दुई टोलीबीचको दोस्रो लेग अब अप्रिल १९ मा नापोलीको मैदानमा हुनेछ ।