चेल्सीको पोस्टमा रियलको दुई गोल

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई हराएको छ । बुधबार राति सम्पन्न खेलमा मड्रिडले चेल्सीलाई २–० गोल अन्तरमा हराएको हो ।
रियलको यो जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले समान एक/एक गोल गरे । बेन्जिमाले २१ औं र एसेन्सियोले ७४ औं मिनेटौंमा गोल गरेका हुन् ।
डिफेन्डर बेन चिलबेलले ५९ औं मिनेटमा रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा खुम्चिएको थियो ।
यी टोलीबीचको दोस्रो लेग अप्रिल १९ मा चेल्सीको मैदानमा हुनेछ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया