उपनिर्वाचनको मुखमा नियोजित र भ्रामक सूचना सम्प्रेषण भयो : रवि लामिछाने
काठमाडौं । रास्वपाका सभापति रवि लामेछानेले कान्तिपुर दैनिकमा बिहीबार प्रकाशित ‘रविको फास्ट ट्रयाक : ७ दिने बोलपत्र गरेर ठेक्का’ शीर्षकको समाचारप्रति गम्भीर असहमति जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो ‘स्टाटस’ राख्दै उक्त समाचारको खण्डन गरेका हुन् । समाचारमा उल्लेख भएजस्तो आफूले कानुनविपरीत कुनै गल्ती नगरेको उनले दाबी गरे । उनले समाचारमा उल्लेख गरिएको कार्यविधि गृहमन्त्रालयको कार्यभार सम्हाल्नुअघि नै मन्त्रालयमा तयार भएर तर्जुमाका लागि पेश भएको उनको दाबी छ ।
समाचारमा राष्ट्रिय परिचय पत्रको वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीको नेपाली एजेन्टलाई दिएको भनेर उक्त कम्पनीलाई आफू गृहमन्त्री हुँदा मात्रै भित्र्याइएको जसरी प्रचार गरिएकोप्रति उनले असन्तुष्टी जनाएका छन् । ‘यो समाचारपछि मैले मेरो टिमलाई खोज्न लगाउँदा ‘एडभान्टेज इन्टरन्यासनल’ नामको यो कम्पनीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कयौँ ठेक्काहरू अघिल्लो गृहमन्त्रीको कार्यकालमै पाएको देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समाचारको खण्डन गर्दै उनले केही विवरण प्रस्तुत गरेका छन् । साथै उपनिर्वाचनको मुखमा उम्मेदवार विशेषलाई लक्षित गरी भ्रामक सूचना सम्प्रेषण गर्ने प्रयास भएको भन्दै मतदाताले उक्त कुरा राम्रैसँग बुझ्ने उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया