NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

नर्भिकको स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुटसहित यस्ता छन् अफर

काठमाडाैं । नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो ३० औं वार्षिक उत्सवको अवसरमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुटसहित विभिन्न अफर सार्वजनिक गरेको छ ।

अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरी अफर सार्वजनिक गरेको हो । अस्पतालले सबै स्वास्थ्य प्याकेजमा २०८० साल वैशाख १ गतेदेखि वैशाख ८ गतेसम्म एकसाताको लागि ३० प्रतिशत छुट दिएको जनाएको छ ।

अन्य अफरहरुमा अस्पतालले लेजर र हाइड्रो फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आइभिएफ (फर्टिलिटी प्याकेज) पनि ३० दिनको लागि ३० प्रतिशत छुट दिने भएको छ । त्यस्तै म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ ।

अस्पतालले निकट भविष्यमा पत्रकार परिवारका लागि विशेष हेल्थ प्याकेज ल्याउने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले बताए । त्यस्तै उनले वैशाख महिनामा नै ४ वटा स्वास्थ्य शिविर आयोजना गर्न लागेको जानकारी दिएका छन् । उनका अनुसार उक्त शिविर काठमाडौं र काठमाडौंबाहिर सञ्चालन हुने छ ।

नर्भिक इन्टरनेशनल अस्पताल आजभन्दा ३० वर्षअघि अर्थात सन् १९९३ मा बसन्तकुमार चौधरीले बिएलसी होल्डिङस्को छाताअन्र्तगत चिकित्सा सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको थियो । ३० औं वर्ष पार गर्दा अस्पतालले सबै खालका स्वास्थ्य सेवा प्रवाह गर्न सफल भएको अध्यक्ष सिंहको भनाइ छ । ‘अस्पतालले सेवाग्राहीको विश्वास जित्न सफल भएको छ । अहिले ८० प्रतिशत पुरानै बिरामी र बाँकी २० प्रतिशत नयाँ बिरामी नर्भिको सेवा लिन आउनुहुन्छ,’ उनले भने ।

आजको दिनसम्म आइपुग्दा अस्पताल देशकै उत्कृष्ट क्रिटिकल केयर अस्पतालको रुपमा स्थापित भएको नर्भिकले जनाएको छ । नर्भिक क्याथेटराइजेशन ल्याव स्थापना गर्ने देशकै पहिला निजी क्षेत्रको अस्पताल पनि हो । अस्पतालमा इन्भेसिभ र नन्इन्भेसिभ कार्डियाक सुविधा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै नर्भिकले अहिले मिर्गौला प्रत्यारोपरण सेवासमेत सञ्चालन गरिरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष