विश्वका प्रभावशाली व्यक्तिको सूचीमा शाहरुख र राजामौली
काठमाडौं । बलिउडका स्थापित अभिनेता शाहरुख खान र चलचित्र निर्देशक एस. एस. राजामौली टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्।
अमेरिकाका राष्ट्रपति जो बाइडेन, बेलायतका राजा चार्ल्स, गायक बियोन्सेलगायत व्यक्ति समेटिएको यो सूचीमा खान र राजामौली पर्न सफल भएका हुन् ।
यो सूचीमा शाहरुख खानको प्रोफाइल अभिनेत्री दीपिका पादुकोणले लेखेकी छन् । जसमा यस्तो लेखिएको छ, ‘शाहरुख खानसँगको पहिलो भेट म कहिल्यै बिर्सने छैन । त्यसयता १६ वर्ष बितिसक्यो ।’
‘शाहरुख खान सधैं एक उत्कृष्ट अभिनेताको रूपमा चिनिन्छन्। तर उनको सबैभन्दा विशेष कुरा दिल र दिमाग हो । उहाँको दया र उदारता। सूची लामो छ । उहाँलाई नजिकबाट चिन्नेहरूलाई थाहा छ कि यी १५० शब्दहरू उहाँको व्यक्तित्व वर्णन गर्न पर्याप्त छैनन्।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया