NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

विश्वका प्रभावशाली व्यक्तिको सूचीमा शाहरुख र राजामौली

काठमाडौं । बलिउडका स्थापित अभिनेता शाहरुख खान र चलचित्र निर्देशक एस. एस. राजामौली टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्।

अमेरिकाका राष्ट्रपति जो बाइडेन, बेलायतका राजा चार्ल्स, गायक बियोन्सेलगायत व्यक्ति समेटिएको यो सूचीमा खान र राजामौली पर्न सफल भएका हुन् ।

यो सूचीमा शाहरुख खानको प्रोफाइल अभिनेत्री दीपिका पादुकोणले लेखेकी छन् । जसमा यस्तो लेखिएको छ, ‘शाहरुख खानसँगको पहिलो भेट म कहिल्यै बिर्सने छैन । त्यसयता १६ वर्ष बितिसक्यो ।’

‘शाहरुख खान सधैं एक उत्कृष्ट अभिनेताको रूपमा चिनिन्छन्। तर उनको सबैभन्दा विशेष कुरा दिल र दिमाग हो । उहाँको दया र उदारता। सूची लामो छ । उहाँलाई नजिकबाट चिन्नेहरूलाई थाहा छ कि यी १५० शब्दहरू उहाँको व्यक्तित्व वर्णन गर्न पर्याप्त छैनन्।

ताजा अपडेट

नेपालवाच विशेष