सोधपुछका लागि सिबिआईले केजरीवाललाई बोलायो
काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले दिल्लीको उत्पादन शुल्क नीति मुद्दामा सोधपुछका लागि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बोलाएको छ ।
बिबिसी हिन्दीले १६ अप्रिलमा सोधपुछका लागि सिबिआईले केजरीवाललाई बोलाएको जनाएको छ ।
यसको पुष्टि गर्दै आम आदमी पार्टीका सांसद सञ्जय सिंहले अरविन्द केजरीवाललाई सीबीआईको जानकारी प्राप्त भएको बताएका छन् ।
उनले भने, ‘म प्रधानमन्त्रीलाई भन्न चाहन्छु कि तपाईं र तपाईंको सरकार शिरदेखि पाउसम्म भ्रष्टाचारमा डुबेको छ । सिबिआईले सोधपुछका लागि बोलाउँदैमा अरविन्द केजरीवालको भ्रष्टाचारविरुद्धको लडाइँ रोकिँदैन ।’
अरविन्द केजरीवाललाई १६ अप्रिलमा गिरफ्तार गरेर जेल पठाउने र कारबाही गर्ने षड्यन्त्र भइरहेको दाबी उनले गरे । तथापि, केजरीवाल सिबिआईसमक्ष हाजिर भएर बयान दिने उनले प्रष्ट पारे । मोदीले भ्रष्टाचारविरुद्धको केजरीवालको आवाज बन्द गर्ने प्रयास गरे पनि नरोकिने बताए ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया