NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सोधपुछका लागि सिबिआईले केजरीवाललाई बोलायो

काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले दिल्लीको उत्पादन शुल्क नीति मुद्दामा सोधपुछका लागि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बोलाएको छ ।

बिबिसी हिन्दीले १६ अप्रिलमा सोधपुछका लागि सिबिआईले केजरीवाललाई बोलाएको जनाएको छ ।

यसको पुष्टि गर्दै आम आदमी पार्टीका सांसद सञ्जय सिंहले अरविन्द केजरीवाललाई सीबीआईको जानकारी प्राप्त भएको बताएका छन् ।

उनले भने, ‘म प्रधानमन्त्रीलाई भन्न चाहन्छु कि तपाईं र तपाईंको सरकार शिरदेखि पाउसम्म भ्रष्टाचारमा डुबेको छ । सिबिआईले सोधपुछका लागि बोलाउँदैमा अरविन्द केजरीवालको भ्रष्टाचारविरुद्धको लडाइँ रोकिँदैन ।’

अरविन्द केजरीवाललाई १६ अप्रिलमा गिरफ्तार गरेर जेल पठाउने र कारबाही गर्ने षड्यन्त्र भइरहेको दाबी उनले गरे । तथापि, केजरीवाल सिबिआईसमक्ष हाजिर भएर बयान दिने उनले प्रष्ट पारे । मोदीले भ्रष्टाचारविरुद्धको केजरीवालको आवाज बन्द गर्ने प्रयास गरे पनि नरोकिने बताए ।