NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नेपालमा हवाई दुर्घटना किन बढ्यो ?

काठमाडौं । हवाई उडान नीति, २०६३ मा सुरक्षित, भरपदों, व्यावसायिक र विश्वसनीय हवाई सेवा विस्तार गर्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा गुणस्तरीय सेवा सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

तर पनि नेपालको आकाशमा किन बारम्बार हवाई दुर्घटना भइरहेको छ त ?

नेपालको आकाशमा हालसम्म जहाज दुर्घटना हुँदा मल्टि इन्जिनका ५० जहाज दुर्घटना भएका छन् । दुर्घटनाबाट ती जहाजमा सवार ४१६ जनाले ज्यान गुमाएका छन् ।

सिंगल इञ्जिनका ८ जहाज दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय १० जहाजबाट ३७३ र ३६ हेलीकोप्टर दुर्घटना हुँदा ८५ समेत गरि १०४ दुर्घटनामा ८९९ को मृत्यु भइसकेको छ ।

हवाई दुर्घटनापछि गठन गरिने छानविन समितिले दिएका प्रतिवेदनहरूमा इन्जिनमा समस्या भएको मौसमको खराबी, पाइलटको असावधानीलगायत कारणबाट हवाई दुर्घटना हुने गरेको उल्लेख गरेको पाइन्छ ।

छानविनबाट प्राप्त सुझावहरू कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको देखिन्छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट सन् २०१९ मा नेपालको हवाई सुरक्षा सम्बन्धमा उठेका विषयलाई सम्बोधन गर्दै सुरक्षित, भरपर्दो, व्यावसायिक र विश्वसनीय हवाई सेवा विस्तार गरी गुणस्तरीय हवाई सेवाको प्रत्याभूति गर्नुपर्दछ, महालेखाले आफ्नो कार्यमुलक प्रतिवेदनमा भनेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष