लखनउमाथि पन्जाबको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किङ्सले रोमाञ्चक जित निकालेको छ ।
शनिबार राति भरत रत्न श्री अटल बिहारी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराउँदै जित निकालेको हो ।
सुरुमा लखनउले पन्जाबलाई १ सय ६० रनको लक्ष्य दिएको थियो । जसमा उसले १९ ओभर ३ बलमा ८ विकेट गुमाउँदै १ सय ६१ रन बनायो ।
पन्जाबको यो रामाञ्चक जितमा सिकन्दर राजाले ५७ अर्धशतकीय इनिङ खेले । त्यसैगरी, माथ्यु सर्टले ३४, हर्पित सिंह २२ र शाहरुख खानले २३ रनको योगदान दिए ।
यसक्रममा लखनउका मार्क उड, रवि बोस्नाई र युधभिर सिंहले २–२विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।
लखनउका लागि कप्तान केएल राहुलले ७४ रनको अर्धशतकीय इनिङ खेले । केली मेयर्सले २९, कुर्नाल पान्डयाले १८, मार्कुस स्टोनिसले १५ रनको योगदान दिए ।
पन्जाबका साम करणले ३ तथा कागिसो राबडाले २ विकेट झारे ।
योसँगै पन्जाब ५ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने लखनउ ६ अंकका साथ दोस्रो स्थानमा छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया