हालाण्ड र स्टोन्सको गोलको मद्दतमा सिटी विजयी
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि सहज जित हासिल गरेको छ ।
गएराति सम्पन्न खेलमा सिटीले लेस्टर सिटीमाथि ३–१ गोलान्तरको जित निकालेको हो ।
सिटीको जितमा अर्लिङ हालाण्डले २ र जोन स्टोन्सले १ गोलको योगदान दिए । स्टोन्सले पाँचौं र हालाण्डले १३औं तथा २५औं मिनेटमा गोल गरेका हुन् ।
लेस्टरका केलिची इहानाचोले ७५औं मिनेटमा सान्त्वना गोल गरे ।
योसँगै सिटी ३० खेलबाट ७० अंक जोडेर दोस्रो स्थानमा छ भने लेस्टर २५ अंकका साथ १९ औं स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया