हालाण्ड र स्टोन्सको गोलको मद्दतमा सिटी विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि सहज जित हासिल गरेको छ ।
गएराति सम्पन्न खेलमा सिटीले लेस्टर सिटीमाथि ३–१ गोलान्तरको जित निकालेको हो ।
सिटीको जितमा अर्लिङ हालाण्डले २ र जोन स्टोन्सले १ गोलको योगदान दिए । स्टोन्सले पाँचौं र हालाण्डले १३औं तथा २५औं मिनेटमा गोल गरेका हुन् ।
लेस्टरका केलिची इहानाचोले ७५औं मिनेटमा सान्त्वना गोल गरे ।
योसँगै सिटी ३० खेलबाट ७० अंक जोडेर दोस्रो स्थानमा छ भने लेस्टर २५ अंकका साथ १९ औं स्थानमा छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया