एमबाप्पेले तोडे काभानीको रेकर्ड
काठमाडौं । केलियन एमबाप्पे लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
पिएसजीका लागि १६७ लिग खेलमा सहभागी एमबाप्पेले १३९ गोल गर्दै कीर्तिमान बनाएका हुन् ।
यसअघि लिग वान फुटबलमा पिएसजीबाट सर्वाधिक गोलकर्ताको रेकर्ड एडिन्सन काभानीको नाममा थियो ।
यसैबीच, फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पिएसजीले सहज जित हात पारेको छ ।
गएराति सम्पन्न खेलमा पीएसजीले लेन्सलाई ३–१ गोलान्तरमा हराएको हो ।
पिएसजीको जितमा केलियन एमबाप्पे, भितिन्हा र मेसीले समान एक एक गोल गरे ।
खेलको ६० औं मिनेटमा पिएसजीका खेलाडीको गल्तीका कारण लेन्सले पेनाल्टीको मौका पायो । जसको सदुपयोग गर्दै फ्रान्कोवस्कीले एक गोल गरे ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया