NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

आइएमई पेको ‘तिमीलाई पनि मलाइ पनि’ अफर

काठमाडौं । आइएमई पेले वालेट- टु- वालेट ट्रान्सफरलाई प्रथामिकता दिदै ‘तिमीलाई पनि मलाइ पनि’ नामक अफर सार्वजनिक गरेको छ ।

२०७९ चैत २९ देखि २०८० भाद्र २६ सम्म चल्ने सो अफरमा ग्राहकहरुले आइएमई पेमा वालेट-टु-वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच,हेयलोउ आरडटएलएस.०५५ जित्ने मौका पाउने छन् । सो अफर ५ महिनासम्म चल्ने छ र प्रत्यक महिनाको अन्तिममा २ जना भाग्यशाली विजेता छनोट हुने कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत पैसा पठाउने ग्राहकहरुबाट एक जना तथा पैसा पाउने ग्राहकहरुबाठ एक विजेता गोलाप्रथावाट छनोट हुने छन् ।

यस अफर अवधिभर वालेट टु वलेट ट्रान्सफर गर्ने सम्पुर्ण ग्राहकहरुले सो पुरस्कार जित्ने छन् । ग्राहकवर्गमा वालेट-टु-वालेट ट्रान्सफर (पिटुपि)सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नेका साथै ग्राहकहरुलाई विधुत्तिय भुक्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्ररित गर्ने उदेश्यका साथ यो अफर सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ ।