आइएमई पेको ‘तिमीलाई पनि मलाइ पनि’ अफर
काठमाडौं । आइएमई पेले वालेट- टु- वालेट ट्रान्सफरलाई प्रथामिकता दिदै ‘तिमीलाई पनि मलाइ पनि’ नामक अफर सार्वजनिक गरेको छ ।
२०७९ चैत २९ देखि २०८० भाद्र २६ सम्म चल्ने सो अफरमा ग्राहकहरुले आइएमई पेमा वालेट-टु-वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच,हेयलोउ आरडटएलएस.०५५ जित्ने मौका पाउने छन् । सो अफर ५ महिनासम्म चल्ने छ र प्रत्यक महिनाको अन्तिममा २ जना भाग्यशाली विजेता छनोट हुने कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत पैसा पठाउने ग्राहकहरुबाट एक जना तथा पैसा पाउने ग्राहकहरुबाठ एक विजेता गोलाप्रथावाट छनोट हुने छन् ।
यस अफर अवधिभर वालेट टु वलेट ट्रान्सफर गर्ने सम्पुर्ण ग्राहकहरुले सो पुरस्कार जित्ने छन् । ग्राहकवर्गमा वालेट-टु-वालेट ट्रान्सफर (पिटुपि)सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नेका साथै ग्राहकहरुलाई विधुत्तिय भुक्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्ररित गर्ने उदेश्यका साथ यो अफर सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया