एनएमबि बैंकको हेरिटेज वाक सम्पन्न
काठमाडौं । एनएमबि बैंकले १० औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । २ वैशाखमा बबरमहलस्थित एनएमबि बैंकबाट सुरु भएको हेरिटेज वाक पाटन दरबार स्क्वायरसम्म पुगेर सम्पन्न भएको हो ।
समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणका लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।
एनएमबि बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरु, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरु, नेपाल हस्तकला महासंघका सदस्यहरु, रोटेरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ६०० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा ललितपुर महनगरपालिकाका मेयर चिरिबाबु महर्जन उपस्तिथ थिए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणका लागि नेपाल हेरिटेज सोसाइटीलाई ४ लाख ९० हजारको सहयोगका साथै पाटन संग्रहालयलाई डस्टबिनहरु समेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
सोही प्रकारको कार्यक्रम वाग्मती बाहेकका अन्य ६ वटा प्रदेशमा समेत गरिएको बैंकले जनाएको छ । बैंकले प्रदेश १ मा ब्रम्हनन्द पुलदेखि बाराहक्षेत्र मन्दिरसम्म, मधेश प्रदेशमा लाहान शाखादेखि दुर्गा मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखि केधारेश्वर मन्दिर, लुम्बिनी प्रदेशमा ट्राफिक चोक शाखादेखि कालिका मन्दिरसम्म र कर्णाली प्रदे्रश र सुदूरपश्चिम प्रदेशमा सुर्खेत शाखादेखि काँक्रेबिहार मन्दिर, धनगढी शाखादेखि शिवपुरी धाम मन्दिर र महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया