NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित

काठमाडौं । सिबिफिन (बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल) प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित भएको छ। समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि सिबिफिनले अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित भएको हो।

२०८० बैशाख १ गते राष्ट्रपतिको कार्यालयमा आयोजित सुशोभन समारोहमार्फत उक्त सम्मान प्रदान गरिएको हो। उक्त मानपदवी सिबिफिनका तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले ग्रहण गरेका थिए।

 

संस्थागत रुपमा पहिलोपटक प्रदान गरिएको उक्त मानपदवी प्राप्त भएकोमा सिबिफिनले खुसी व्यक्त गर्दै नेपाल सरकार र राष्ट्रपतिको कार्यालयप्रति हार्दिक आभार व्यक्त गरेको छ। त्यसैगरी उक्त मानपदवी प्राप्त गर्नुमा अत्यन्तै महत्वपूर्ण योगदान पुर्याउने सिबिफिन कार्यसमितिका पूर्व तथा वर्तमान पदाधिकारी, कार्यकारी सदस्य र सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाहरुप्रति समेत सिबिफिनले धन्यवाद व्यक्त गरेको छ।

बैंक तथा वित्तीय संस्थाका लगानीकर्ता एवं निक्षेपकर्ताको हकहितको संरक्षण एवं सम्वर्द्धन गर्ने, आपसी स्वस्थ्य प्रतिस्पर्धाको माध्यमबाट गुणस्तरीय एवं भरपर्दो बैकिङ सेवाको विस्तार गर्ने, बैंकिङ क्षेत्रमा देखा परेका समस्याहरुको समुचित निकासका लागि सरोकारवाला सबै पक्षहरुसँग सहकार्य गर्ने, वित्तीय क्षेत्रको सुधार एवं स्तरोन्नतिका लागि अध्ययन–अनुसन्धान गर्ने, सरोकारावाला पक्षहरुवीच परस्पर सहकार्य एवं सहयोग आदान–प्रदान गर्ने र दिगो आर्थिक विकासमार्फत सबल, सक्षम र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर सिबिफिनले स्थापनाकालदेखि नै अनवरत रुपमा लागि पर्दै आएको जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष