NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार नेप्से परिसूचक २३ दशमलव ६४ अङ्कले ओरालो लागेर एक हजार नौ सय आठ दशमलव शून्य चारमा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमव ७८ अङ्कले ओरालो लागेर तीन सय ६२ दशमलब ९६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको सेयर मूल्यमा नै गिरावट आएको छ ।

आजको कारोबारमा कूल ३१ लाख ४४ हजार पाँच सय ७३ कित्ता सेयर ९२ करोड ७८ हजार पाँच सय ७१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार भएकामध्ये २३ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय ८८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको सात करोड दुई लाख ४३ हजार छ सय ४२ बराबरको कारोबार भयो । यस्तै शिवम् सिमेन्ट चार करोड ३३ लाख ३६ हजार पाँच सय, एनआइसी एशिया बैंक तीन करोड ११ लाख ५६ हजार सात सय ४३, माछापुच्छ्रे बैंक दुई करोड ६७ लाख छ हजार सात सय ४० र हिमालयन डिस्टिलरी दुई करोड ६३ लाख सात हजार सात सय ४४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार घटेको बजारमा आदर्श लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ । यस्तै, कालिञ्चोक दर्शन नौ दशमलब ९८, मैलुङ हाइड्रोपावर कम्पनी नौ दशमलब ९६, सिभिल बैंकको ऋणपत्र छ दशमलब १० र सामलिङ पावरको सेयर मूल्य चार दशमलव ९९ प्रतिशतले बढेको छ ।

सनराइज ब्ल्यूचिप फण्ड छ दशमलब २५, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलब १४, उन्नति सहकार्य लघुवित्त चार दशमलव ३४, उपकार लघुवित्त चार दशमलव २१ र कालिका लघुवित्तको सेयर मूल्य चार दशमलब १० प्रतिशतले घटेको छ ।