लिभरपुलसँग लिड्स युनाइटेडको लज्जास्पद हार
काठमाडौं । प्रिमियर लिगमा फुटबलमा लिड्स युनाइटेडले लिभरपुलसँग लज्जास्पद हार बेहोरेको छ ।
गएराति सम्पन्न खेलमा लिभरपुलले लिड्स युनाइटेडको पोस्टमा ६ गोलको वर्षा गराएको हो । जवाफमा लिड्सले मात्र एक सान्त्वना गोल फर्काउन सक्यो ।
लिभरपुलका लागि मोहमद सलाहा र डिएगो जोटाले २–२ तथा कोडी गाक्पो र डार्विन नुनेजले समान एक–एक गोल गरे ।
३५ औं मनेटमा गोलमार्फत गाक्पोले सुरुवाती अग्रता दिलाएकोमा ३९ औं मिनेटमा सलाहले गरेर २–० को अग्रता बनाएका थिए ।
दोस्रो हाफको सुरुवातमै लिड्सका सिनिस्टेराले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यसपछिको समय लिड्सका लागि अनुकूल रहेन । लिभरपुलले लगातार ४ गोल गर्यो ।
पछिल्लो पाँच लिग खेलमा लिभरपुलको यो पहिलो जित हो । योसँगै लिभरपुल ३० खेलबाट ४७ अंक बटुलेर शीर्ष चारको सम्भावना जीवित नै राखेको छ । लिड्स ३१ खेलबाट २९ अंक जोडेर १६औं स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया