NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

लिभरपुलसँग लिड्स युनाइटेडको लज्जास्पद हार

काठमाडौं । प्रिमियर लिगमा फुटबलमा लिड्स युनाइटेडले लिभरपुलसँग लज्जास्पद हार बेहोरेको छ ।

गएराति सम्पन्न खेलमा लिभरपुलले लिड्स युनाइटेडको पोस्टमा ६ गोलको वर्षा गराएको हो । जवाफमा लिड्सले मात्र एक सान्त्वना गोल फर्काउन सक्यो ।

लिभरपुलका लागि मोहमद सलाहा र डिएगो जोटाले २–२ तथा कोडी गाक्पो र डार्विन नुनेजले समान एक–एक गोल गरे ।

३५ औं मनेटमा गोलमार्फत गाक्पोले सुरुवाती अग्रता दिलाएकोमा ३९ औं मिनेटमा सलाहले गरेर २–० को अग्रता बनाएका थिए ।

दोस्रो हाफको सुरुवातमै लिड्सका सिनिस्टेराले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यसपछिको समय लिड्सका लागि अनुकूल रहेन । लिभरपुलले लगातार ४ गोल गर्यो ।

पछिल्लो पाँच लिग खेलमा लिभरपुलको यो पहिलो जित हो । योसँगै लिभरपुल ३० खेलबाट ४७ अंक बटुलेर शीर्ष चारको सम्भावना जीवित नै राखेको छ । लिड्स ३१ खेलबाट २९ अंक जोडेर १६औं स्थानमा छ ।