चामल मिलको भवन भत्किँदा…
हरियाणा । हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अनय २० जना घाइते भएका छन् ।
सामबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो । दुर्घटनाका बेला मिलमा एक सय ५० कामदार थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हालसम्म एक सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । भग्नावशेषमा अन्य कामदार पुरिएको आशङ्कामा खोजबिन भइरहेको छ ।
भवन निर्माणमा संरचनागत त्रुटी देखिएको बताउँदै कर्नाल प्रहरीका उपप्रमुख अनिश यादवले घटनाको छानबिन गर्न समिति गठन गरिने जानकारी दिएका छन् । साथै उनले मिलका मालिकालाई कानुनी कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । राष्ट्रिय प्रकोप प्रतिकार्य कार्यदल र राज्य विपद् प्रतिकार्य कोषका अधिकारी पनि घटनास्थल पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया