नेपाली टेनिस खेलाडी पहिलो पटक आइटिएफ वरीयतामा
काठमाडौं । पोखराबाट टेनिस खेल्न सुरु गरेका पोखरेली खेलाडी अभिषेक बास्तोला अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) को विश्व वरियतामा पर्न सफल भएका छन् ।
हाल अमेरिकामा व्यावसायिक टेनिस खेल्दै आएका उनी हालै आइटिएफको एक हजार सात सय ९० वरियतामा उक्लिएका हुन् । बास्तोला आइटिएफ वरियता प्राप्त गर्ने पहिलो नेपाली खेलाडीसमेत हुन् ।
अमेरिकामा अध्ययनसहित आफ्नो खेल जीवन अघि बढाउँदै आएका २३ वर्षीय बास्तोलाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
पोखरामा आज कास्की जिल्ला टेनिस सङ्घले आयोजना गरेको कार्यक्रममा अभिषेकले विश्व वरियताको दुई हजारभन्दा तल पर्नु सामान्य कुरा नभएको बताए । उनले भने, “आठ वर्षको हुँदा पोखरामा टेनिस खेल्न सुरु गरेँ । यहाँबाटनै मेरो टेनिस यात्रा सुरु भयो । पन्ध्र वर्षको अवधिमा अहिले प्राफेसनल –याङकिङ प्राप्त गर्दा गौरव महसुस भएको छ । टेनिसको व्यावसायिक यात्रा सुरु भएको छ ।”
दशौँ हजार खेलाडीको बीचमा समेत सो स्थानमा आउनु खेलाडीको लागि ठूलो उपलब्धि भएको उनले उल्लेख गरे । उनले यस वर्ष एक हजार हाराहारीमा आउने र अर्को वर्ष पाँच सयभित्रको वरियतामा पर्ने गरी मेहनत गर्ने बताए ।
तेह्र वर्षको उमेरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको अभिषेकले बताए । “अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा लिएर खेल्न पाउँदा गौरवको महसुस हुने गरेको छ । हालसम्म विभिन्न १४ राष्ट्रमा प्रतियोगिता खेलिसकेकाले देशलाई चिनाउने गरेको छु”, बास्तोलाले भने ।
नेपाल टेनिस सङ्घका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थले अभिषेकले हासिल गरेको उपलब्धिले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया