भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने
काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय सेवा बन्द हुने भएको छ ।
विमानस्थले प्रेस विज्ञप्ती जारी गर्दै बिहीबार विहान १ देखि ७ बजेसम्म उडान अवतरण बन्द हुने जानकारी दिएको हो ।
विमानस्थलमा यात्रुको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्न अनलाइन युपिएस जडान हुन लागेको छ । जसकारण विमानस्थलमा विद्युत आपूूर्ति अवरूद्ध हुने भएकाले उडान नहुने भएको हो ।
उक्त समयमा यात्रा गर्नेहरूले सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी आवश्यकता अनुसारको व्यवस्था मिलाउन पनि विमानस्थलले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया