NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने

काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय सेवा बन्द हुने भएको छ ।

विमानस्थले प्रेस विज्ञप्ती जारी गर्दै बिहीबार विहान १ देखि ७ बजेसम्म उडान अवतरण बन्द हुने जानकारी दिएको हो ।

विमानस्थलमा यात्रुको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्न अनलाइन युपिएस जडान हुन लागेको छ । जसकारण विमानस्थलमा विद्युत आपूूर्ति अवरूद्ध हुने भएकाले उडान नहुने भएको हो ।

उक्त समयमा यात्रा गर्नेहरूले सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी आवश्यकता अनुसारको व्यवस्था मिलाउन पनि विमानस्थलले अनुरोध गरेको छ ।