थप १०८ जनामा कोरोना संक्रमण, ६६ निको
काठमाडौं । बुधबार १०८ जना कोरोनाका संक्रमित थपिएका छन् । २ हजार ४५० जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गएको २४ घण्टाको अवधिमा ३८६ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार आज ६६ जना निको भइ घर फर्किएका छन् । केही समयअघि सम्म मत्थर रहेको कोरोना चैत लागेपछि भने बढ्न थालेको हो ।
मंगलबार कोरोनाले एकैदिन दुई जनाको मृत्यु भएको थियो । मन्त्रालयले कोरोनाको केस बढेसँगै सावधानी अपनाउने अपिल गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया