NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

एनएमबिद्वारा टिसीएक्स र एमएफएक्स करेन्सी रिक्स सलुसनको सहकार्यमा हेजिङ कारोबार सम्पन्न

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ‘द करेन्सी एक्सचेञ्ज फण्ड’ (टीसीएक्स) अम्स्टर्डम र ‘एमएफएक्स करेन्सी रिक्स सोलुसन, वासिङ्टन’ सँगको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकमको हेजिङ कारोबार सम्पन्न  गरेको छ । नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागी प्रयोग गरिएको हेजिङ्ग उपकरण टिसीएक्सले उपलब्ध गराएको र सो सम्वन्धित कारोवार गर्नको लागि एमएफएक्सले सहजकर्ताको भुमिका निर्वाह गरेको थियो ।

सो कार्य सफलतापुर्वक सम्पन्न गर्न आफ्नो विशेषज्ञता उपलब्ध गराएकोमा टिसीएक्स र एमएफएक्स प्रति एनएमबि बैंकले धन्यवाद ज्ञापन गरेको छ । हेजिङ्ग कारोवारले बैंकको वित्तीय संयन्त्र विकाश र प्रयोग प्रतिको प्रतिबद्घता दर्शाएको छ । यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ्ग कारोबारले देश भरी स्थिरता र सुनिश्च्तिताका साथ वित्तीय कारोवार गर्नका लागी मार्ग प्रसस्त गरेको छ र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोवार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्ने कुरामा एनएमबि बैंक विश्वस्त रहेको छ ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

टिसीएक्स सन् २००७ मा विकासशील र सीमावर्ती बजारहरूमा मुद्रा जोखिम व्यवस्थापन गर्न समाधानहरू प्रस्ताव गर्ने उदेश्य लिइ स्थापना भएको संस्था हो । सन् २००९ मा MFX Currency Risk Solutions  धितोको बोझ हटाउँदै लगभग सबै उदीयमान बजारहरूमा माइक्रोफाइनान्स ऋणदाताहरूलाई पहुँचयोग्य हेजिङ्ग उपकरणहरू प्रदान गर्ने उदेश्य लिइ स्थापना भएको संस्था हो ।