एनआईसी एशिया बैंकको वित्तीय विवरण सार्वजनिक, नाफा ११ प्रतिशतले बढ्यो
काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको एनआईसी बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक देखिएका छन् ।
बैंकले आ.व. २०७९/८० को तेस्रो त्रैमासम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७७.७ अर्ब पुर्याउन सफल भएको बैंकले जनाएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३१६.५५ अर्ब रूपैयाँ पुर्याउन बैंक सफल भएको छ । बैंकले यस त्रैमाससम्ममा खुद मुनाफातर्फ ४.०१ अर्ब रूपैयाँ आर्जन गरेको छ, जुन वार्षिक विन्दुगत आधारमा ११ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (RoE) २०.१७ प्रतिशत रहेको छ । बैंकले वार्षिक प्रति शेयर आम्दानी ४६.७६ रूपैयाँ आर्जन गर्न बैंक सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २१ वटै बाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई तेस्रो त्रैमाससम्ममा ०.८५ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
बैंकले आ.व. २०७९/८० को तेस्रो त्रैमाससम्ममा ४.८ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३७ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया