NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

मातातीर्थ औंसीको अवसरमा प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवामा छुट

काठमाडौं । प्रभु क्यापिटलले मातातीर्थ औंसीको अवसरमा विशेष छुट अफर ल्याएको छ । आमाको अपार मायालाई सम्मानस्वरुप सञ्चालन गरिएको अफरअन्तर्गत लगानी व्यवस्थापन सेवामा लाग्ने वार्षिक शुल्क (एएमसी)मा शत प्रतिशत छुट तथा प्रोफिट सेयरिङमा ५० प्रतिशत छुट रहने क्यापिटलले जनाएको छ ।

‘माया स्वरुप उपहार, मेरी प्यारी आमालाई’ भन्ने नाराका साथ यो अफर वैशाख महिनासम्म सञ्चालनमा रहने छ । क्यापिटलका अनुसार ग्राहकले ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ‘ग्राहकले ३ लाख रुपैयाँ बराबर नगद, सेयर पोर्टफोलियो अथवा नगद र सेयर पोर्टफोलियो मिश्रण गरी लगानी व्यवस्थापन थाल्न सक्नेछन्’ एक विज्ञप्ति जारी गर्दै क्यापिटलले भनेको छ ।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान भइरहेको छ । ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा रहेको क्यापिटलले जनाएको छ ।