NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

माई खोला हाइड्रोपावरको आइपीओ बिक्री खुला

काठमाडाैं । माई खोला हाइड्रोपावरले आज (वैशाख ८) गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १५ लाख २९ हजार ४११ कित्ता खुला गरेको छ ।

जसमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ ।  बाँकी १२ लाख ६९ हजार ४११ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

उक्त आइपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । जसमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म खुला रहनेछ ।

सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आइपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।