नेपालले दियो ओमनलाई ३११ रनको चुनौती
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो ।
नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। आक्रामक ब्याटिङ गरेका मल्लले ६४ बलमा ९ चौका र १० छक्काको योगफलमा १०८ रन बनाए।
यसैगरी नेपालका लागि सोमपाल कामीले अर्धशतक रन जोडेकाछन्। उनले ४८ बलमा ९ चौकाको मद्दतमा ६३ रन बनाए। त्यस्तै भीम सार्कीले ३३ रन जोड्दा आरिफ शेखले २९ रन जोडे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया