हुरीले प्रभावित उडान पुनःसञ्चालनमा
काठमाडौं । हुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनःसञ्चालनमा आएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो । अपराह्नदेखि सुरु भएको हुरीले उडान प्रभावित भएको थियो ।
हुरीका कारण आन्तरिकतर्फ उडान ‘डिले’ हुनुका साथै अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका थिए । भारतको नयाँदिल्लीबाट आएको भिस्तारा एयर र कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज होल्डमा परेका थिए ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशका पहाडी भेगका कतिपय स्थानमा हल्कादेखि क्षणिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा अपराह्नपछि हल्कादेखि क्षणिक वर्षा भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया