NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

हर्षोल्लासका साथ इद मनाइँदै (फोटो फिचर) 

काठमाडौं । इस्लाम धर्मावलम्बीको पर्व इद आज हर्षोल्लासका साथ मनाइँदै छ ।

इस्लाम धर्मावलम्बीले आज बिहान सामूहिक नमाज (प्रार्थना) गर्नाका साथै एकापसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गरेका छन् । एक महिनासम्म चलेको रमजान पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् ।

शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल र मिठाई साथीभाइ, इस्टमित्रलाई खुवाउने प्रचलन रहिआएको छ ।

तस्बिर : रासस