थप एक कोरोना संक्रमितको मृत्यु, ३८३ जना सक्रिय संक्रमित

काठमाडाैं । शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक हजार १४८ जनाको नमुना परीक्षण गर्दा ७८ जना कोरोना संक्रमित थपिएको र एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२ हजार २७ पुगेकाे मन्त्रालयको विवरणमा उल्लेख छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।
केही समयदेखि कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले सर्तकता अपनाउनुका साथै कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्दै आइरहेको छ । आज संस्थागत आईसोलेसनमा २५, आई.सी.युमा ७ र भेन्टिलेटरमा ३ जना संक्रमित रहेका छन् ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया