पदमुक्त भए गण्डकी प्रदेशका मुख्यमन्त्री

काठमाडौं । विश्वासको मत पाउन नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन्।
आज प्रदेश सभाको बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेपछि उनको पद गएको हो ।
अधिकारीले राखेको उक्त प्रस्तावमा एमालेका २२, राप्रपाका २ जना गरी २४ जना सांसदले समर्थन गरेका थिए।
तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका ८ जना गरी ३५ जना सांसदले विश्वासको मत दिएनन्।
माओवादी केन्द्र र राप्रपा सांसदको समर्थनमा उनी गत २५ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रतिक्रिया