हस्ताक्षर नभएको मतपत्रसहित जसपाका कार्यकर्ता पक्राउ
बारा । बारामा हस्ताक्षर नभएको मतपत्रसहित जसपाका कार्यकर्ता पक्राउ परेका छन् । बाराको देवताल गाउँपालिका–७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रबाट रामसागर यादवलाई मतपत्रसहित पक्राउ गरेको हो ।
उनीसँग दुई वटा मतपत्र भेटिएको हुनाले अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । उक्त मतदान केन्द्रमा दुई वटा मतपत्र फेला परेसँगै केहीबेर मतदान रोकिएको थियो ।
अहिले भने मतदान पुनः सुचारू भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया