२८ अर्ब ६० करोडको ट्रेजरी बिल्स जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अभावलाई न्यूनिकरण गर्न राष्ट्र बैंकले २२ अर्ब ६० करोड रुपैयाँ बजारमा प्रवाह गर्न लागेको हो ।
बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २८ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन २०८० साल जेठ ९ गते परिपक्क हुने छ । ९१ दिनको लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० साउन ९ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ६ अर्बको जारी गर्न लागेको छ । जुन २०८० साल कार्तिक सात गते परिपक्क हुनेछ । ३६४ दिनको लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८१ वैशाख ११ गते परिपक्व हुनेछ ।
ताजा अपडेट
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
प्रतिक्रिया