NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ८२ करोडमा खुम्चियो

काठमाडाैं। पुँजी बजारमा साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.८० अङ्कले घटेर एक हजार ८८५ दशमलव ६० को बिन्दुमा कायम भएको हो ।

आज दुई सय ६५ वटा कम्पनीका ३१ हजार ४१५ पटक कारोबारमा २७ लाख ३४ हजार ३०७ कित्ता सेयर खरिदबिक्री हुँदा ८२ करोड ८५ लाख ३४ हजार ३६ रूपैयाँ बराबरको कारोबार भएका छन् ।

बिहीबार होटल तथा पर्यटनबाहेक सबै उपसमूहरू घटेका छन् । होटल तथा पर्यटन ०.३१ अंकले बढेको छ । घटेका उपसमूहरूमा सबैभन्दा धेरै वित्त २.०१ प्रतिशतले घटेको छ ।

अन्य उपसमूहरूमा बैंकिङ १.३४, व्यापार १.४७, विकास बैंक १.०४ होटल तथा पर्यटन ०.२०, जलविद्युत १.१३, लगानी ०.८२, जीवन बीमा १.२५, उत्पादन ०.३३, माइक्रोफाइनान्स ०.८५, म्युचल फण्ड ०.०८, नीर्जीवन ०.३४ र अन्य ०.१४ प्रतिशतले घटेको छ ।

आइतबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सनराइज ब्लुचिप फण्ड र आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सनराइज फोकस्ड इक्वुटी फण्डको सेयरमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

आइतबार कारोबार रकमको आधारमा मोलुङ हाइड्रोपावरको सर्वाधिक ३ करोड ११ लाख ९५ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा शिभम् सिमेन्ट २ करोड ८९ लाख ३ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै आज एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २ र आदर्श लघुवित्त वित्तिय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ । ती कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । एनआइसी एशियाको २ करोड ३८ लाख ९६ हजार, नबिल बैंक २ करोड १२ लाख ३८ हजार र हिमालय डिष्टिलरीको १ करोड ८४ लाख ४० हजार रूपैयाँको कारोबार भएको छ ।