NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

तनहुँमा स्वर्णिम तेब्बर मतले अगाडि, पछ्याउँदै गोविन्द

काठमाडौं । पछिल्लो मतपरिणाम अनुसार तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले ७ हजार २९३ मतसहित अग्रता कायमै राखेका छन् ।

सुरुवाति चरणदेखि अग्रता कायम राखेका वाग्लेले प्रतिद्वन्द्वीभन्दा तेब्बर मतले अग्रता बढाउँदै लगेका छन् । ४ हजार ५९ मतान्तरले  वाग्लेले अग्रता कायमै राख्दा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार  गोविन्द भट्टराईले ३ हजार २३४ मत पाएका छन् ।

यसै गरी, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष