कस्तो छ तीनै क्षेत्रको पछिल्लो मतपरिणाम ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले २४४०६ मतसहित सुरुवातदेखि नै अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई १४१८२ म्तसहित दोस्रो स्थानमा छन् । त्यस्तै सर्वेन्द्र खनाल ७०२६ मतसहित तेस्रो स्थानमा छन् ।
बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव ३२१४ मतसहित पहिलो स्थानमा छन् । उनलाई पछ्याउँदै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २८१३ मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेलले १३३५ मत पाउँदा रास्वपा उम्मेदवार रमेश खरेलले ६४१ मत प्राप्त गरेका छन् ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार रवि लामिछाने ४३५८ मतसहित अग्रस्थानमा छन् । एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने २५८५ दोस्रो स्थानमा छन् । नेपाली कांग्रेस जितनारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया