NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

कांग्रेसको गढ भनिएको तनहुँ–१ मा स्वर्णिमको सानदार जित

काठमाडौं । तनहुँ–१ मा कांग्रेसको विरासत भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी भएका छन् ।

निकटतम् द्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सयभन्दा बढी मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन् । ३४ हजार ९१८ मतसहित  वाग्ले विजयी हुँदा भट्टराईले २० हजार १२२ मत पाए ।

वाग्लेले पाएको मत मंसिरमा भएको निर्वाचनमा राष्ट्रपतिसमेत रहेका रामचन्द्र पौडेलले पाएको भन्दा ९ हजार ६००ले बढी हो । पौडेलले २५ हजार ३१८ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९४३ मत पाएका थिए ।